NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व एकादशी - ११

सूचना

भद्रपुर भन्सार कार्यालयको परिचय

परिचय

भद्रपुर भन्सार कार्यालय नेपालको प्रदेश नं.१ काेशी अञ्चलको झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं.५ मेची नदीको पश्चिम तर्फ रहेको छ । यो भन्सार कार्यालय २०७५/०५/१९ गते देखि मूल भन्सार कार्यालयको रुपमा सञ्चालनमा रहेको छ । यस कार्यालय मातहत ५ वटा छाेटी भन्सार कार्यालयहरु रहेका छन् जसमा पाठामारी, पन्थपाडा, घेरावारी, केचना र झापा कुमरखोद छाेटी भन्सार रहेका छन् । जसमध्ये हाल झापा कुमरखोद छाेटी भन्सार मात्र सञ्चालनमा रहेको छ । यस कार्यालयमा २ तल्ले ६ कोठाको पक्की भवन १ र ५ कोठाको प्रि-फ्याव भवन १ रहेको छ साथै २ तल्ले आवास गृह १ रहेको छ । यस कार्यालयमा ३ वटा गोदाम घर रहेका छन् जसमध्य १ वटा मुद्दा प्रयोजनका लागि र २ वटा अन्य प्रयोजनका लागि प्रयोग भएका छन् । यस कार्यालयको स्वीकृत दरवन्दी २० जनाको रहेको छ ।